पुष्कर भट्ट, महेन्द्रनगर ।
कञ्चनपुर जिल्लाको विभिन्न ठाउँमामा धान पाक्ने बेलामा फड्के किराको प्रकोप देखिको छ । कञ्चनपुरको महाकाली नगरपालिका, भिमदत्त, बेदकोट, शुक्लाफाँटा र कृष्णपुरमा यस्को प्रकोप बढिरहेको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो ।
सबै किसानलाई यस्को समाधानका लागि समयमै विषाधिको प्रयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले सबै भन्दा बढी यसको प्रकोप महाकाली नगरपालिकामा रहेको बताउनु भयो।
जिल्लाका विभिन्न ठाउँमा फड्के किराको प्रकोप देखिएपछि प्रमुख भट्ट सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् । विहीबार माहाकाली नगरपलिकाका किसानको खेतमै पुगेर निमित्त कार्यालय प्रमुख भट्टले किसानलाई फड्के किराको समाधान बारे जानकारी गराउनु भएको छ।
‘हामीले स्थलगत अनुगमन गर्दा जिल्लाको माहाकाली नगरपालिका र भीमदत्त नगरपालिकामा फड्के किराको प्रकोप बढी भेटाएका छौं’ निमित्त कार्यालय प्रमुख भट्टले भन्नुभयो ।
उहाँले यसको समाधान तत्काल नगरिए किराको प्रकोप देखिएको क्षेत्रमा उत्पादन घट्ने भएकोले खाद्य संकट पनि आउन सक्ने बताउनु भयो । फड्के किराबाट धानबाली जोगाउन इमिडाक्लोप्रिड नामक विषादीलाई धानको फेदमा पर्ने गरी छर्कीएमा यो समस्याको न्यूनिकरण हुने उहाँले बताउनु भयो ।
२ लिटर पानीमा एक एमएलका दरले इमिडाक्लोप्रिड विषादी मिलाएर धानको फेदमा पर्ने गरी छर्किन निमित्त कार्यालय प्रमुख भट्टले किसानलाई आग्रह गर्नुभएको छ ।

