खिमराज चालिसे, चंडीगढ (भारत) ।
भारतको राजस्थानस्थित श्रीगंगानगरमा दुर्घटनामा मृत्यु भएका बाजुराको बडिमालिका नगरपालिका–८ का बलबहादुर रावलको परिवारलाई कम्पनीले क्षतिपुर्ती दिएको छ ।
मूलप्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगंगानगर नगर समितिको पहलमा मृतक रावलको परिवारलाई क्षतिपूर्ती हस्तान्तरण गरिएको हो । मृतक रावलका छोरा लाल बहादुर रावललाई नेरु तीन लाख ६८ हजार ३ सय २० रुपैयाँ ट्रास्पोर्ट कम्पनिबाट दिलाइएको मूलप्रवाहले जनाएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य कृष्ण जिसी र वैकल्पिक सदस्य त्रिभुवन भट्टराइको नेतृत्वमा नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, सचिव वसन्त भण्डारी, उपाध्यक्ष हुम वहादुर विक, सदस्य हरु रेशम भण्डारी र हुकुम वहादुर जिसी तथा मृतकका भाइ नरेन्द्र रावल, मामा दलवहादुर थापा लगायत आफ्न्त सहितको टोलीले घटना स्थलको निरीक्षण गरेका थिए ।
गत भदौ ३० गते (१५ सेप्टेम्वर) का दिन रावलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । मृतक रावलले काम गर्ने कम्पनीसँग वार्ता भएपछि उनको आज दाहसंस्कार गरिएको छ ।
मृतकले आफ्नै काम गरेपनि ट्रान्सपोर्ट कम्पनीको सञ्चालकसँग उनको काम जोडिएकोले एकता समाजले पहल गरी सञ्चालकलाई क्षतिपुर्ती दिन दबाब दिएको थियो ।

