खलङ्गा । नेपाल बार एसोसिएसन प्युठान जिल्ला अदालत बार एकाइको अध्यक्षमा विदुर मल्ल चयन हुनुभएको छ । २०७७ असोज २ गते सम्पन्न जिल्ला अदालत बार एकाइको आठौँ साधारण सभा तथा अधिवेशनद्वारा मल्ल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
समितिको उपाध्यक्षमा माधवप्रसाद श्रेष्ठ, सचिवमा टिकाराम आचार्य, सहसचिवमा माधवा सुबेदी र कोषाध्यक्षमा महेन्द्रप्रसाद न्यौपाने चयन हुनुभएको छ भने सदस्यमा रामेश्वर सुवेदी र नवराज भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै, बार एसोसियसनको केन्द्रीय पार्षदमा मेघराज भट्टलाई चयन गरिएको प्राप्त समाचारमा उल्लेख छ ।
अधिवेशनको उद्घाटन नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य डा. शिवराज पण्डितले गर्नुभएको थियो । उद्घाटन शत्रको अध्यक्षता कार्यवाहक जिल्ला अध्यक्ष बिदुर मल्लले गर्नुभएको थियो भने सञ्चालन सचिव माधवप्रसाद श्रेष्ठले । स्वागत मन्तव्य टिकाराम आचार्यले राख्नुभएको थियो ।