काठमाडौं । सप्तरीमा बलात्कृत किशोरीले आत्महत्या गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको डाक्नेश्वरी–७ ब्रह्मपुरमा १७ वर्षीया किशोरीले बलात्कृत भएपछि आत्महत्या गरेकी थिइन् ।
पक्राउ पर्नेमा डाक्नेश्वरी–७ घर भएका बब्लु मण्डल र रञ्जित मण्डल छन् । बलात्कार आरोपीलाई गएराती नेपाल–भारत सिमानाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
१७–१८ वर्ष उमेर समूहका बब्लु र रञ्जितले भदौ २९ को बिहान स्थानीय जुगेश्वरी शाहको खेतको आलीमा किशोरीलाई सामूहिक बलात्कार गरेका थिए । बलात्कार प्रयास गर्ने अन्य दुईजना फरार छन् ।
बलात्कारपछि गाउँमा पञ्च बसेर प्रहरीमा घटनाको जाहेरी दिनबाट रोक्दै ‘मिलापत्र’ परेपछि सोही साँझ पीडित किशोरीले आत्महत्या गरेकी थिइन् ।
किशोरीलाई धम्क्याएर बलात्कार मिलापत्र गर्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले यसअघि नै पक्राउ गरेर मुद्धा चलाएको छ ।
यो पनिः न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या