• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतको संसदमा नेपालीमा सम्बोधन गर्दै सांसदले भने : तेन्जिङलाई भारत रत्न प्रदान गरौँ (भिडियो)


  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
  • काठमाडौँ । भारतीय संसदमा एक सांसदले नेपाली भाषामा सम्बोधन गर्दै तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्न आग्रह गरेका छन् ।

    Advertisement

    पश्चिम बङ्गाल राज्यस्थित दार्जिलिङका सांसद राजु विष्टले आफूले आफ्नो मातृभाषामा सम्बोधन गर्ने भन्दै विश्वकै सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति नेपालका तेन्जिङ नोर्गे शेर्पाको चर्चा गरेका थिए।

    मङ्गलबारको लोकसभा बैठकमा विष्टले तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’ बाट सम्मानित गर्नुपर्ने भारत सरकारसँग माग राखेका थिए । सगरमाथा आरोहणका समयमा नेपाली नागरिक रहेका तेन्जिङले पछि भने भारतीय नागरिकता लिएका थिए ।

    नेपालको सोलुखुम्बु जिल्लामा सन् १९१४ मा जन्मिएका शेर्पाको निधन दार्जिलिङमा सन् १९८६ मा भएको थियो । सांसद विष्टले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने शेर्पा विश्वकै आइकन भएको बताएका थिए।

    संसदलाई सम्बोधन गरेपछि सांसद विष्टले सामाजिक सञ्जालमा लेखेका छन्ः
    “मैले आज संसदमा, भारत सरकारसँग पहाडका सिंह स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाज्यूलाई देशको सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ प्रदान गर्न अनुरोध गरेँ ।

    २९ मई १९५३ मा एउटा नयाँ विश्व इतिहास रचिएको थियो, जब तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलेरी सगरमाथाको शिखरमा पहिलोपल्ट चढ्नमा सफल हुनुभएको थियो। यस अभूतपूर्व सफलता हासिल गरेर उहाँहरूले इतिहास त बनाउनुभयो नै, साथै आफ्नो लगनशीलता, प्रशिक्षण र सङ्कल्पको उदाहरण प्रस्तुत गर्नुभएको थियो। उहाँहरूको यो अभूतपूर्व सफलताको विश्वले आजसम्म गुणगान गर्दछ।

    मैले संसदलाई असाधारण परिस्थितिहरूका बाबजसद तेन्जिङ नोर्गे शेर्पाले कसरी सगरमाथाको शिखरमा पुगेर समग्र विश्वसामु एक आइकन बन्न पुग्नुभयो भन्ने सम्झना गराएँ।

    यस असाधारण उपलब्धिलाई मान्यता दिँदै तेन्जिङ नोर्गो शेर्पालाई सन् १९५३ मा नै जोर्ज मेडल, स्पेसल ओलम्पिक मेडल, इरान शाह मेडल, नेपालतारा, युएसएसआर स्पेसल मेडल, फ्रेन्च स्पोर्टस् स्पेसल मेडलका साथै अन्य कैयौँ प्रतिष्ठित मेडलहरूले सम्मानित गरिएको थियो।

    उहाँलाई १९९९ मा टाइम्स म्यागेजिनद्वारा विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक घोषित गरिएको थियो। सन् २००० मा उहाँलाई लाइफ म्यागेजिनद्वारा विश्वका १० सर्वश्रेष्ठ एथलिटमध्ये एकजनाको रूपमा मान्यता प्रदान गरिएको थियो।

    नासाले प्लुटो ग्रहका पहाडमध्ये एउटाको नामकरण तेन्जिङ माउन्टेन राखेर उहाँको साहसिक कार्यको सम्मान गरेको छ।
    हाम्रो राष्ट्रले उहाँलाई प्रतिष्ठित सम्मान पद्म भूषणले सम्मानित गरेको छ, साथै उहाँको नाममा हाइएस्ट एडभेन्चर्स स्पोर्टस् अवार्ड स्थापना गरिएको छ। तर पनि उहाँको ऐतिहासिक उपलब्धिका निम्ति दिइनुपर्ने सम्मान अझ पनि अपुरो नै छजस्तो मलाई लाग्छ।

    भारतवर्षले कुनै व्यक्तिलाई प्रदान गर्ने सर्वोच्च नागरिक सम्मान ‘भारतरत्न’ का लागि तेन्जिङ नोर्गे शेर्पा सर्वाधिक योग्य भएता पनि आजसम्म उहाँलाई यो सम्मान प्रदान गरिएको छैन।

    उहाँले आफ्नो जीवन बिताउनुभएको दार्जीलिङ्ग पहाड, तराई, र डुवर्सका जनता, साथै हाम्रो राष्ट्र एवम् सारा विश्वका साहसिक खेलप्रेमी जनताको पक्षमा, मैले हाम्रो सरकारसँग, स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाज्यूलाई ‘भारतरत्न’ सम्मान प्रदान गरेर उहाँको मानव क्षमताभन्दा माथिको उपलब्धिलाई मान्यता दिने विनम्र अनुरोध गरेको छु।”

     

    बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • २.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ३.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ७.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • ८.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.