खिमराज चालिसे, चंडिगढ (भारत) ।
भारतको श्रीगंगानगर, राजस्थानमा एक नेपाली युवकको मृत्यु भएको छ । बाजुराको बडिमालीका नगरपालिका–८ का लाल बहादुर रावलको छोरा ३२ वर्षीय बलबहादुर रावलको दुर्घटनामा ज्यान गएको हो ।
रावल १५ सेप्टेम्वर बेलुका सडक किनारामा घाइते अवस्थामा फेला परेका थिए । उनी चढेको मोटरसाइकल गोरुसँग ठक्कर खाएर दुर्घटना भएको बुझिएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सचिव त्रिभुवन भट्टराइले दिनुभएको जानकारी अनुसार उनलाई मूलप्रवाह श्रीगंगानगर नगर समितीका सदस्यहरुले स्थानीय श्रीअम्वा अस्पतालमा भर्ना गरेका थिए ।
घाइते रावलको उपचारका क्रममा हिजो निधन भएको मूलप्रवाले जनाएको छ । उनको खल्तीमा भएको नेपाली मतदाता परिचयपत्रका आधारमा उनको परिचय खुलेको हो ।
मूलप्रवाका केन्द्रीय सदस्य कृष्ण जीसी, नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने, सचिव वसन्त भन्डारी, र उपाध्यक्ष हुम वहादुर विकसहितको समाजका प्रतिनिधिहरुले श्रीअम्वा हस्पिटलमा गई उनका आफन्तहरुलाई पत्ता लगाएर नेपालबाट बोलाइएको छ ।
नेता भट्टराईका अनुसार उनका आफन्तहरु पुगेपछि मालिकसँग उचित क्षतिपूर्ति दिलाउने र मात्र दाहसंस्कार गरिने योजना रहेको छ ।

