काठमाडौं । काठमाडौं उपत्यकामा आज (बुधबार) ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा थप थप ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताउनुभयो ।
मंगलबार काठमाडौंका ५५५ सहित उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित थपिएका थिए।