काठमाडौं । असोजदेखि बैंकहरुले ऋणको ब्याजदर थपघट गर्न नपाउने भएका छन् । बुधबार एक सूचना प्रकाशित गरी नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले असोज पछि प्रवाह भैसकको ऋणको ब्याजदर परिर्वतन गर्न नपाउने जनाएको छ ।
Advertisement
राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जाहरुका हकमा स्थिर ब्याजदर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार असोज महिनामै स्थिर ब्याजदरको व्यवस्था कार्यान्वयन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।
यो निर्देशनसँगै घर र गाडी खरिद कर्ताहरु लाभान्वित हुनेछन् । अब उनीहरु ब्याजदर बढाइरहने बैंकको नियतिबाट मुक्त हुनेछन् ।