काठमाडौं । बुधबार बिहान काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको झट्का महसुस भएको हो ।
Advertisement
काठमाडौं उपत्यका लगायत देशका मध्यपूर्वी जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको छ ।
सिन्धुपाल्चोकको राम्चे केन्द्र बिन्दु भएर ६ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्काले मानिसहरु त्रसित बनेका छन्।
यसबारे थप विवरण आउन बाँकी छ ।