काठमाडौं । रासायनिक मल आयात गर्ने ठेक्का लिएर नल्याउने दुई कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । ठेकेदार कम्पनीहरु होनिको मल्टिपल र शैलुङ इन्टर प्राइजेजलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय समक्ष सिफारिस गरिएको हो ।
Advertisement
कृषि सामाग्री कम्पनी लिमिटेडले आज सार्वजनिक खरिद अनुगमन कार्यलयलाई पत्र लेख्दै कालोसूचीको लागि सिफारिस गरेको जनाएको छ ।
यसअघि ती कम्पनीसँगको सम्झौता रद्द गरि धरौटी बापतको रकम समेत सरकारले जफत गरिसकेको छ । यी दुवै कम्पनीले २५।२५ हजार मेट्रिकटन युरिया मल आयात गर्ने सम्झौता सरकारी निकाय (कृषि सामग्री कम्पनी लिमिटेड) सँग गरेका थिए । उक्त सम्झौत अनुसार भदौ २० गते सम्म सबै मल नेपाल भित्रिसक्नुपर्ने थियो ।





