काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ८ मा पर्ने रुपगाढ खोलाको काठेपुल मालबहाक ट्रयाक्टरको भार थाम्न नसकेर भाँचिएको छ ।
Advertisement
सोमबार बिहान त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुपानीबाट खाद्य सामाग्रीहरु बोकेर सदरमुकाम दुनैतर्फ आउँदै गरेको ट्रयाक्टरको भार थाम्न नसकेर भाँचिएको हो ।
पूर्व सचिव भिम उपाध्यायले सो पुलको पोटो सामाजिक सञ्जालमा पोष्ट गर्दै लेख्नुभएको छ, ‘यो खोलामा पक्की पुल बनाउने भनी रू ३ करोडमा पूर्व राज्यमन्त्री धनबहादुर बुढाका आफ्नै दाइले ठेक्का लिएकोमा अहिले ३ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन ।’