बागलुङ । अविरल वर्षासँगै आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा दुई जनाको मृत्यु भएको छ । पहिरोमा परेकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ ।
Advertisement
यसअघि पहिरामा परी वडा नं १ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उनकी छोरी देवी शर्मा सामान्य घाइते छन् ।
यता, जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् । बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिनुभयो ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।