कञ्चनपुर । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरिक्षक (इन्सपेक्टर) वकिल बहादुर सिंहमाथि स्थानीयले कार्यालयमै गएर हातपात गरेका छन् ।
Advertisement
तास खेलिरहेको अवस्थामा केही व्यक्तिलाई नियन्त्रणमा लिएको विषयमा प्रहरीमाथि कुटपिट भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दाबी गरेको छ ।
घटनाको छानबिन सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एसएसपी मुकेश सिंहले घटनाबारे छानबिन गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ । सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ’ एसएसपी सिंहले भन्नुभयो, ‘उक्त घटनाको छानबिन गर्न निर्देशन दिईसकेका छौँ ।’

