काठमाडौँ । नेपालमा आज (शुक्रबार) थप १ हजार ४५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
Advertisement
यो नेपालमा एकैदिन सङ्क्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च सङ्ख्या हो ।
प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ९२५ रहेको छ । आज १० हजार ७०१ जनाको पिसिआर परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा थप ९७२ जना कोरोना सङ्क्रमित निको भएसँगै नेपालमा कोरोना निको हुनेको सङ्ख्या ३६ हजार ६७२ पुगेको छ।