काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले कृषि र किसानको समस्यालाई लिएर राष्ट्रिय भेला सम्पन्न गरेका छन् । “नेपालको कृषि र किसानका समस्या” विषयमा २०७७ भदौ २५ गते भर्चुअल माध्यमबाट उनीहरूले सो भेला सम्पन्न गरेका हुन् ।
कार्यक्रमको अध्यक्षता तथा सञ्चालन अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदीले गर्नुभएको थियो । अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा चारै किसान सङ्गठनको तर्फबाट तयार पारिएको साझा अवधारणा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा धन्यवाद मन्तव्य अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाले राख्नुभएको थियो ।
अवधारणा पत्र प्रस्तुत भइसकेपछि चारै किसान सङ्गठनका केन्द्र, प्रदेश र जिल्लास्तरका प्रतिनिधि तथा विज्ञ–विशेषज्ञहरूलाई पूरक टिप्पणी राख्न दिइएको थियो । पूरक टिप्पणी राख्नेहरूमा ज्योतिलाल, एकलाल श्रेष्ठ, रामप्रसाद चौलागाईं, टङ्कप्रसाद कोइराला, दमन कटुवाल, शङ्करध्वज कार्की, परशुराम प्याकुरेल, हरिकृष्ण पाण्डे र पर्शुराम लामिछाने हुनुहुन्थ्यो ।
त्यसैगरी कार्यक्रममा भागिरथ शर्मा, शुक्रराज भण्डारी, सावित्रा रेग्मी, धर्मेन्द्र चौधरी, प्रकाशबाबु खनाल, लोकराज भुसाल, दुर्गाप्रसाद कोइराला, रामदुलार महतो, शिवहरि खनाल, कृष्णहरि गजुरेल, धनेश्वर पोख्र्रेल, उमानाथ रिजाल, तुल्सीराम सापकोटा, रामप्रसाद भुसाल, सीता क्षेत्री र निलगोविन्द महर्जनले पनि पूरक मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत अवधारणापत्र पढ्नुहोस्
चार किसान संगठनको अवधारणा पत्र