तौलिहवा । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ९ स्थित भुजीखोलामा अघिल्लो बुधबार आएको बाढीबाट पीडित परिवारलाई सहयोगका लागि कपिलवस्तुमा समिति बनाइएको छ ।
Advertisement
बागलुङबाट बसाइँ सरी कपिलवस्तु आएका स्थानीयको सक्रियतामा राहत सङ्कलन गर्न लागिएको राजमो कपिलवस्तुका नेता एवम् समितिका संयोजक केरसिंह अदैले जानकारी दिनुभएको छ ।
समितिमा नयाँबस्तीबाट जुद्धबहादुर कार्की, बुद्धभूमि मानपुरबाट तुलसी बोहरा, इमलियाबाट तुलसिंह थापा, शिवपुर मधावाबाट झकबहादुर विक, जिनुवाबाट भक्तबहादुर भण्डारी, ४ नं. जीतपुरबाट दलबहादुर कुँवर, गजेहडाबाट भविलाल गौतम र पिपराबाट दिल बहादुर पुन रहनुभएको छ ।
समितिले यही भदौ २६ गतेदेखि राहत सङ्कलन सुरु गरिने छ । सो सहयोग पारदर्शी तरिकाले पीडितको हातैमा पुर्याउने जानकारी दिँदै संयोजक अदैले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको छ ।