काठमाडौं । विश्व हिन्दू परिषदले नेपालबाट भारततर्फ हुने गरेको गाईको तस्करी रोक्न माग गरेको छ । भारततर्फ गौहत्याका लागि गाई तस्करी गर्ने गरिएको महासंघको ठहर छ ।
Advertisement
महासंघको धनुषा जिल्ला कार्यसमितिले गाईको तस्करी रोक्न माग गर्दै मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । गौ तस्करहरुलाई समातेर प्रहरीलाई जिम्मा लगाउदै उनीहरुविरुद्ध जाहेरी समेत दिइएको महासंघले जनाएको छ ।
जनकपुरधाम उप–महानगरपालिका–२३ विन्धीबाट स्थानीय युवाहरुको सक्रियतामा २ जना गौ तस्करलाई ३ ओटा अवैध गाई एवं २ मोटर साईकल सहित जिरो माईल प्रहरी चौकीको जिम्मा लगाईएको हो ।
विश्व हिन्दू परिषद् नेपालले गौरक्षाको लागि आवाज उठाउँदै आएको छ।