• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

जमिनको कित्ताकाँट फुकुवा किसान विरोधी नीति : चार किसान संगठन


  •   मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले भर्खरै सरकारले फुकुवा गरेको जमिनको कित्ताकाँटसम्बन्धी नीतिलाई किसान विरोधी बताएका छन् । उनीहरूले सरकारको सो नीतिलाई सन्देहास्पद, अविश्वसनीय तथा कृषि र किसान विरोधीसमेत बताएका हुन् ।

    Advertisement

    २०७७ भदौ २३ गत संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरू यस्तो दावी गरेका हुन् । वक्तव्यमा देशमा विभिन्न भागमा दुहुना र गर्भिणी गाई मर्दै जाँदा दुधकिसान मर्कामा परेकाले रोगको उपचारका साथै क्षतिपूर्ति दिन माग गरिएको छ ।

    आगामी भदौ २५ गतेको भर्चुअल राष्ट्रिय भेलाको समेत जानकारी दिइएको सो वक्तव्यमा अगाडि भनिएको छ–

    “किसान र कृषिको हितमा प्रष्ट र पारदर्शी विकल्प बिना रोक्का गरिएको जमिनको कित्ताकाँट फुकुवा गर्ने सरकारी निर्णय सन्देहास्पद, अविश्वसनीय तथा कृषि र किसान विरोधी छ । यसले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने किसिमले भूउपयोग गर्न किमार्थ मद्दत गर्दैन । अतः किसानमारा उदारवादी अर्थनीति र भूमाफियाको पक्षमा भएको यो गलत निर्णय तत्काल फिर्ता लिइयोस् । किसान र कृषिको व्यापक हितमा भूउपयोग राष्ट्रिय नीति ल्याइयोस् भन्ने हामी चार किसान सङ्गठन जोडदार माग गर्दछौँ ।

    अज्ञात रोगले नेपालका विभिन्न भागमा दुहुना र गर्भिणी गाईहरू भटाभट मर्दै गएको र दुधकिसानहरू ठुलो नोक्सानी पर्न गाएकोमा हामी चिन्तित छौँ र सरकारले गाईमा लागेको यो रोग शीघ्र पत्ता लगाई उपचार गरोस् । पीडित किसानलाई उचित क्षतिपूर्ति प्रदान गरी राहत देओस भन्नेसमेत जोडदार माग गर्दछौँ ।

    पूर्व निर्णयानुसार चार किसान सङ्गठनले संयुक्त रूपमा यही भाद्र २५ गते दिनको १२ बजेदेखि आयोजना गरेको “नेपालको कृषि र किसानका समस्या” विषयको राष्ट्रिय भेला ‘गुगल मिट’ मा आमन्त्रित चारै किसान सङ्गठनका साथीहरूलाई सहभागी भई यसलाई सार्थकताका साथ सफल तुल्याउन संयुक्त आह्वान गर्दछौँ ।”

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।

    मङ्गलबार, भदौ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान
    भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम
    खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप
    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    • २.
      भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

    • ३.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • ४.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    • ५.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • ६.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ७.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ८.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.