काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरमा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १० हजार ६११ पीसीआर परीक्षण गरिएको थियो ।
Advertisement
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार अहिलेसम्म संक्रमितको संख्या ४८ हजार १३८ पुगेको छ । आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
त्यस्तै आज थप २ हजार २८७ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ।