काठमाडौं। दशैंका लागि यात्रुबाहक सवारी साधनहरुका लागि असोज १२ गतेदेखि लागि बाटो इजाजत पत्र (रुट परमिट) नचाहिने भएको छ ।
Advertisement
यातायात व्यवस्था विभागले दशैका लागि काठमाडौं बाहिर जाने र आउने यात्रुहरुको आवगमनलाई सहज र व्यवस्थित बनाउन असोज १२ गतेदेखि १९ गतेसम्म यात्रुबाहक सवारी साधनहरुका लागि रुट परमिट खुल्ला गरिएको जनाएको छ।
साथै ट्राफिकलाई व्यवस्थित बनाउन मल्टी एक्सल ट्याक्टर टेलर (१४ चक्का भएका ठूला मालवाहक) लाई यो अवधीमा चितवनको नारायणघाटदेखि आवागमनमा रोक लगाईएको छ । त्यस्ता सवारीसाधनलाई १९ गतेपछि मात्रै संचालन गर्न पाउने गरि प्रदेश ३ को सम्वन्धित ट्राफिक कार्यालयहरुलाई विभागले पत्राचार गरिसकेको छ ।
यात्रुको चापलाई हेरेर १९ गतेपछि पनि यात्रुवाहक सवारीसाधनलाई रुट परमिट खुल्ला गर्न सकिने विभागले जनाएको छ ।