काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकालाई छाड्न माग गर्दै ललितपुरको जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको छ ।
Advertisement
स्थानीयले सोमबार बिहान जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै केही बेर धर्नामासमेत बसेका थिए । तर प्रहरीले उनीहरुलाई तितरबितर बनाएको छ ।
मानभवनभित्र रहेको प्रशासन कार्यालय वरपर अहिले व्यापक प्रहरी परिचालन गरिएको छ।
बिहीवार जबरजस्ती रथ तानेपछि पुल्चोकमा रथ तान्ने युवा र प्रहरीबीच घम्साघम्सी परेको थियो । ट्राफिक प्रहरीलाईसमेत कुटपिटमा उत्रेकाहरुसहित २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तीमध्ये तीन जनालाई आइतवार रिहा गरेको छ भने १७ जनालाई सार्वजनिक मुद्दा अभियोगमा हिरासतमा राखिएको छ ।