काठमाडौं । २० हजार लिटर डिजल बोकेर काठमाडौं आउँदै गरेको ट्यांकर थानकोटमा पल्टिएको छ । सोमबार बिहान नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय अगाडि ट्यांकर पल्टिएको हो ।
Advertisement
थानकोट डिपोतर्फ जाने सहायक सडकको घुम्तीमा मोड्ने क्रममा चिप्लिएर ट्यांकर पल्टेको निगमले जनाएको छ । पल्टिएको ट्यांकरबाट करिब दुई हजार लिटर डिजेल नोक्सान भएको छ ।
पल्टिएको ट्यांकरलाई क्रेनको सहायताले उठाएर डिपोभित्र राखिएको छ ।
निषेधाज्ञाका कारण खाली सडकमा तिब्र गतिमा ट्यांकर चलाउने गरेका कारण दुर्घटना हुने गरेको छ । स्थानीयका अनुसार आइतबार पनि एउटा ट्यांकर पल्टिएको थियो ।