• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चाडपर्व मनाउन चितवनका थारू समुदायको कार्यविधि


  •   आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
  • भरतपुर । चितवनका थारू समुदायका महिलाले जितियापर्वसँगै नजिकिएका अन्य चाडपर्व मनाउन कार्यविधि बनाएका छन् । त्यसअनुसार उनीहरूले सामूहिक भेला नगरी चाडपर्व मनाउने भएका हुन् ।

    Advertisement

    शनिवार थारू समुदायका विज्ञ र अगुवालाई राखेर (भर्चुअल बैठक) छलफलमार्फत कार्यविधि तयार गरिएको थारू कल्याणकारिणी सभा (थाकस) चितवनका सभापति ललितकुमार चौधरीले बताए । ‘चाडपर्वको रीत पूरा गरौँ, घरपरिवारमा सीमित भई पर्व मनाऔँ र कोरोना सङ्क्रमणबाट बचौँ’ भन्ने मूल नाराका साथ ‘चितोनिया थारू समुदायको चाडपर्व कार्यविधि–२०७७’ जारी गरेको उनले जानकारी दिए । “कोभिडको महामारीको अवस्थामा समुदायलाई कोरोना सङ्क्रमणबाट जोगाउँदै चाडपर्वको रक्षा गर्न कार्यविधि आवश्यक ठानेका हौँ” उनले भने ।

    चितवनका थारू समुदायले जितिया, यमोसा, दसइँ, सोहराई, एकादशी, खिचरा, फगुवा आदि पर्वहरू विशेष महत्त्वका साथ मनाउँछन् । हरेक चाडपर्वमा नातागोता एवम् आफन्तसँग भेटघाट गरी सामूहिक रूपमा खुसी साटिन्छ ।

    यो वर्ष भिडभाड हुने गरेर सामूहिक रूपमा कुनै पनि पर्व नमनाउन थाकस चितवनले अपिल गरेको छ । थारू समुदायका महिलाले भाद्र कृष्णअष्टमीमा जितिया पर्व मनाउँछन् । जितियामा सामूहिक नाचगान र पूजा हुन्छ । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्छन । यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै, जितियामा कोसेली (पाहुर) पुर्याउने चलन पनि छ । कार्यविधिमा सामूहिक रूपमा केही पनि नगर्न भनिएको छ ।

    कार्यविधिमा भिडभाड र सामूहिक रूपमा पर्व नमनाई घरपरिवारमा सीमित रहेर कोरोनाबाट जोगिन जोड दिएको थारू संस्कृति सभाका अध्यक्ष कमानसिंह चौधरीले बताए । “हामीले चाडपर्व मनाउँदा गरिने विभिन्न क्रियाकलापबाट कोरोना समुदाय स्तरमा फैलन सक्ने जोखिम बढेको हुनाले चाडपर्व मनाउँदा हामी निकै सजग र सतर्क हुनुपर्ने अवस्था छ” उनले भन्नुभयो । साथै थाकसले आआफ्नो घरमा सुरक्षित रहेर भौतिक दुरी कायम राख्दै घरपरिवारमा सीमित भर्ई मनाउन आग्रह गरेको उनले बताए ।

    थारू समुदायले दिवङ्गत पितृको सम्झनामा सोह्रश्राद्धको अन्तिम दिन ‘एमोसा’ (पितृऔँसी) मनाउँछन् । यसमा समूह बनाई एकर्काको घरमा खाना खाने प्रचलन छ । यो पटक त्यो पनि नगर्न भनिएको छ । दसैँ अनि त्यसपछि तिहारका बेला हुने सोहराई पूजामा पनि घर परिवारमै सीमित हुन सभाले कार्यविधि बनाएको छ । सामूहिक रूपमा भेला भएर मनाइने छठ, बड्का एकादशी (ठुलो एकादशी) मा पनि यस्तै अनुरोध छ ।

    नयाँ वर्षको रूपमा मनाउँदै आएको माघे सङ्क्रान्तिको खिचरामा मेला महोत्सवसमेत आयोजना नगर्न भनिएको चौधरीले बताए । फागु र चैतनवमीमा पनि सामूहिक भेटघाट र पर्वको अनुष्ठानहरू नगर्न कार्यविधिले जोड दिएको उनले बताए । “रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो । हामी सुरक्षित रह्यौँ भने पूरै जिन्दगी मनोरञ्जन गर्दै चाडपर्व मनाउँदै गरौँला तर अहिले ‘अड्कोपड्को तेलको धूप’ भने झैँ रीत मात्र पूरा हुने गरी चाडपर्व मनाऔँ” थाकसको अपिल छ ।

    चैतेदसैँका बेलामा चितवनको थारूबहुल क्षेत्रमा मेला लाग्ने गर्दछन् । चैत्र शुक्लपक्षको प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन विक्रमबाबाको मेला लाग्छ । नवमीका दिन माडीमा गोदक मेला लाग्ने गर्दछ । थारू समुदाय चितवनका मुख्य आदिवासी हुन् । (रासस)

    आइतबार, भदौ २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.