प्युठान । नेपाल पाराभेटेरिनरि एण्ड लाइभस्टक एसोसियसनका महासचिव तथा अखिल नेपाल ट्रेड युनियन महासंघका सदस्य हेमराज आचार्य तथा वरिष्ठ नर्सिङकर्की वसन्ता आचार्यका छोरा सुशान्त आचार्यप्रति विभिन्न व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
यहि भाद्र १३ गतेका दिन १६ वर्षको कलिलो उमेरमै भएको अकल्पनीय निधनको दुखद क्षणमा शनिबार उनको निबावासमा पुगी अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का कार्यबहाक अध्यक्ष लोकराज भुसाललगायतका व्यक्तिहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
त्यस अवसरमा अध्यक्ष भुसालले शुसान्तको असामयिक निधनबाट एक होनहार उच्च क्षमतावान प्रतिभा गुमाउनुपरेको भन्दै उनको निधनले राष्ट्रलाईनै क्षति भएको बताउनुभयो । अध्यक्ष भुसालले आफू र आफ्नो संगठनको तर्फबाट मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्नुभएको थियो ।
सो अवसरमा पशुपन्छि निर्देशनालय बुटबलका प्रमुख तुल्सिराम भण्डारी, ऐश्वरा आचार्य, एकीकृत कृषि तथा पशु विकास कार्यालय प्युठानका प्रमुख डा. ऊत्तम आचार्यलगायत आफन्तजनको उपस्थिति रहेको थियो । यस्तै,राजमोका पूर्व महासचिव एंव पूर्व सांसद हरि आचार्य उपस्थित हुनुहुन्थ्यो ।
ट्रेड युनियनका कार्यबहाक अध्यक्ष भुसालको टोलीले फर्कने क्रममा वीर सहिद मित्रमणि आचार्यको जन्मघरको अबलोकन र परिबारजनसँग समेत भेटघाट गरेको थियो ।