प्युठान । प्युठानको झिमरूक गाउँ पालिका–५ को ढाँड बजारमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । देशकै पर्यटकीय १०० गन्तव्यमा सूचीकृत रक गार्डनमा सो भेला भएको हो ।
भेलामा विशेष अतिथि वडाध्यक्ष टीका जिसीले राजमोले बदेसमा खेलेको भूमिका र गाउँपालिकाको विकास सम्बन्धी गतिविधि प्रस्टाउनु भएको थियोे । यस्तै, अनेरास्ववयु (छैटौं) का केन्द्रीय सचिव सुवाष जिसीले देशको समसामयिक राजनीतिक अबस्था लगायत विविध बिषयमा बिचार राख्नु भएको थियोे ।
सो भेलाले नयाँ समिति चयन गरेको छ । जस्मा अध्यक्ष राम बहादुर जिसी, उपाध्यक्ष केबी परियार, सचिव गिरेन्द्र एम्सी, सहसचिव पारश बस्नेत, कोषाध्यक्ष नानीमैया जिसी चयन हुनसभएको छ ।
यस्तै, सदस्यहरूमा राजेन्द्र एम्सी, सुशील जिसी, टुक बहादुर रोका, तेजु गिरी, मोतीराम पाण्डे, मोहन जिसी, केशरा एम्सी, कमला बस्नेत, डिल बहादुर बस्नेत, दाम बहादुर जिसी, चेतमान जिसी, शमशेर जिसी, दलबिर जिसी, भरत एम्सी, बसन्ता खड्का तथा सल्लाहकारमा धर्म बहादुर जिसी, नारायण केसी, विनोद जिसी, राम बहादुर महतारा र यम बहादुर जिसी रहनु भएको छ।
नव निर्वाचित समितिलाई नेकपा (मसाल) रूपन्देहीका प्रवक्ता नारायण जिसी र राजमो स्थानीय नेता धर्म बहादुर जिसीले बधाई दिनु भएको थियोे । भेलाले सचिवालय, महिला समिति गठन बारे पनि निर्णय गरेको छ।
कार्यक्रम पूर्व वडाध्यक्ष राम बहादुर जिसीको अध्यक्षता र राम बहादुर महतारा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।