भरतपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँलाई प्रहरीले शनिबार अस्पतालबाटै नियन्त्रणमा लिएको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार उहाँलाई धनुषा पठाइएको छ ।
नेता विरही वैशाखदेखि नै भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । घरमा काम गर्दा लडेपछि ढाडमा समस्या हुँदा विरही उपचारका लागि पुरानो मेडिकल कलेज आउनुभएको थियो । सोही बेला उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर सो अस्पताल पु-याएको थियो ।
नेता विरही चन्द समूहका प्रभावशाली नेताका रुपमा चिनिनुहुन्छ ।

