काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
संक्रमित हुनेमा ३४९ महिला र ६९२ जना पुरुष रहेका छन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ ।
आज १२ हजार ४७३ पीसीआर परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ७ लाख ५७ हजार ९६३ परीक्षणहरु गरिएका छन्।
३ महिलासहित ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ९ जनाको मृत्यु भएको बताउनुभयो । मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्।
संक्रमणबाट मोरङकी ४३ मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिलाको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमणबाट पर्साका ७५, महोत्तरीका ७८, काठमाडौँका ४१, ५९, ६५ र रुपन्देही ४० वर्षीय पुरुषको पनि निधन भएको छ।
योसँगै निधन हुनेको संख्या २८० पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका काठमाडौँ ३२६ भक्तपुर ४५ र ललितपुरमा ३७ संक्रमित भएका छन्।
डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुग्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। प्रवक्ता डा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएको बताउनुभयो ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ ।