• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

धानकिसानलाई क्षतिपूर्ति दिन चार किसान संघको माग


  •   शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) सहितका चार किसान सङ्गठनले धानकिसानलाई क्षतिपूर्ति दिन माग गरेका छन् । बेलैमा मल आपूर्ति नगरेको तथा झापालगायत देशैभरिका धानबालीमा सङ्क्रमण भएको भन्दै उनीहरूले क्षतिपूर्ति माग गरेका छन् ।

    Advertisement

    २०७७ भदौ २० गते प्रेसवक्तव्य जारी गर्दैै उनीहरू यस्तो माग गरेका हुन् । चार किसान सङ्गठनको बैठक भदौ १९ गते बसेको थियो ।

    आगामी भदौ २५ गते चार किसान सङ्गठनको बैठक बोलाउने, बागलुङ ढोरपाटनको बाढीपहिरो, किसानका लागि रासायनिक मलको समस्या, काठमाडौँ उपत्यकाको रातो मछिन्द्रनाथ रथयात्रालगायतका विषय समेटिएको प्रेसवक्तव्यमा अगाडि भनिएको छ–

    “१. आगामी भाद्र २५ गते नेपालका किसानका समस्याका बारेमा छलफल गर्न एक गुगल बैठक बोलाउने र किसानका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समस्याबारेमा चारै किसान सङ्गठनका प्रतिनिधिको छलफल चलाउने र त्यसअनुसार किसान समस्यालाई लिएर आन्दोलन उठाउने तयारी गर्ने बैठकले निर्णय लिएको छ ।

    २. बैठकले बागलुङको ढोरपाटन वडा नं. ९ मा बुधवार राति आएको बाढीपहिरोले बगाएर पुरेर धेरै जना बेपत्ता पारेकोमध्ये १४ जनाको शब भेटिएको, अहिलेसम्म ६ जनाको मात्र परिचय खुलेको र अझै ४० जना मानिस बेपत्ता रहेकोमा किसानको ठुलो जनधनको क्षति भएकोप्रति बैठक ठुलो चिन्ता र दुःख व्यक्त गर्दै तिनको उद्धार र बिचल्लीमा परेका परिवारलाई राहत तथा सुरक्षित बसोबासको व्यवस्था मिलाउन बैठकले जोडदार माग गरेको छ । त्यसरी नै यस्ता जोखिमपूर्ण स्थानबाट किसान परिवारलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गरी बसोबास गराउन सुरक्षित जनता आवासको नीतिको तर्जुमा र ठोस रूपमा लागु गर्न पनि बैठकले जोडदार माग गरेको छ ।

    ३. धानबालीका लागि समयमै आवश्यक मल नपाएर किसान छट्पटाइरहेको, सरकारले रासायनिक मलको साटो जैविक तथा प्राकृतिक मलको विकल्प पनि दिन नसकेको र मल खरिदमा पनि वर्षैपिच्छे ठुलो घोटाला हुने गरेको तथा यस वर्ष मलको अभावमा किसानको धान उत्पादन घट्ने निश्चित भएकाले सरकारले पीडित किसानलाई सरकारले क्षतिपूर्ति देओस् । मल घोटाला र भ्रष्टाचारको छानबिन गरोस् भन्ने पुनः जोडदार माग गरेको छ ।

    ४. झापालगायतका देशैभरिका जिल्लामा धानखेतीमा गाँज कुहिने र पात पहेँलिने धान धानको गाँज नै मर्ने रोगले किसान पीडित भएको र यसले पनि धानको उत्पादन घट्ने र अनिकाल लाग्ने भएकाले त्यसबारे आवश्यक कदम चालेर धानबालीमा लागेको रोगको उपचार गर्ने र क्षति भएको धानबालीको क्षतिपूर्ति दिने व्यवस्था मिलाउन पनि बैठकले सरकारसँग जोड्दार माग गरेको छ ।

    ५. बैठकले सरकारको सुझबुझहीनता र अपरिपक्वताले गर्दा मच्छिन्द्रनाथको रथ तान्ने विषय पनि जनता र प्रहरीबिच अनावश्यक झड्प र दमनको विषय बन्यो । चार किसान सङ्गठनको यो बैठकले दमनको तीव्र निन्दा र भत्र्सना गर्दै रथ बिसर्जन गर्ने कार्य सुरक्षित तवरले सम्पन्न गराओस् । यस्ता दमनकारी घटना नदोहोरियोस् भन्ने पनि यो बैठकले विशेष माग गरेको छ ।

    ६. यसअघि चार किसान सङ्गठनको संयुक्त आयोजनामा वैज्ञानिक, विज्ञ, कृषि तथा अर्थविज्ञ र विभिन्न कृषि व्यवसाय र किसान सङ्गठमा लागेका कृषि अभियन्तासमेत सम्मिलित जुम बैठक गरेर नेपाली किसान र कृषिका समस्याका बारेमा छलफल चलाएर निस्कर्ष निकालेको थियो । अब यस कुरालाई जिल्ला जिल्लासम्म पनि लिएर जाने किसानले भोगिरहेका समस्यालाई लिएर जनचेतना निर्माण र आन्दोलनको विकास गर्ने साझा निष्कर्षका साथ अघि बढ्ने निर्णय लिएको छ ।”

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका अध्यक्ष लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका इन्चार्ज कृष्ण रानाको हस्ताक्षर रहेको छ ।

    शनिबार, भदौ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.