काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नैले होटेल मालिकसित वार्ता गरी दिलाएको रकम एक समारोहमाझ हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय जनमोर्चा ५ नं. प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले शुक्रवार मृतक गिरबहादुर केसीका छोरा प्रकाश केसी र छोरी सङ्गिता केसीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।
प्युठान जिल्ला मल्लरानी गाउँपालिका–३ बर्बोटका यकबहादुर केसीका छोरा गिरबहादुर केसी दक्षिण भारत चेन्नै सुङकमारन स्टेटको देवान मेसमा काम गर्दै आएका थिए । उनले गत २०७७ भाद्र ५ गते आत्महत्या गरेका थिए । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याललाई उक्त घटनाको जानकारी भएपछि उहाँको नेतृत्वमा एकता समाजका शिव पन्थी, बुद्धिराम पौडेललगायतका साथीहरूको पहलमा होटल मालिकसँग वार्ता भएको थियो । लगातारको वार्ता र दबाबपछि मृतकको दाहसंस्कारसहित दुई छोराछोरीको पढाइ खर्चसमेत गरी भारु १,२०,००० (अक्षरुपी एक लाख बिस हजार) दिन होटल मालिक तयार भएको थियो ।
सोेही रकम एक कार्यक्रममाझ हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेललगायतका नेताहरूको उपस्थिति रहेको थियो ।