दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा राष्ट्रिय जनमोर्चाका वडा भेला सम्पन्न भएको छ । भेलाले राजमोको वडा समिती गठन गरेको छ ।
लेखराज राईको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष नारायण पन्थी, सचिव दोर्ण बहादुर चौधरी, सह सचिव जोरप्रसाद बुढा र कोषाध्यक्ष धनिधर चौधरी चयन हुनुभएको छ । यस्तै, सदस्यहरुमा जीवन राई, शान्ति चौधरी, झनकुमार राई, रामकुमार चौधरी, ललुमाया राई, राजन पौडेल, रजिन कुमार राई र राजकुमार चौधरी रहनु भएको छ ।
लकडाउनको अबस्था र कोरोना भाइरसको सन्त्रासका कारण भौतिक दूरी र स्वास्थ्य मापदण्ड अपनाउँदै भेलाको आयोजना गरिएको हो । भेलामा राजमो जिल्ला अध्यक्ष गणेश आचार्यले सम्बोधन गर्नुभएको थियो ।
पछिल्लो समय दाङमा राजमोप्रति युवाहरुको आकर्षण बढ्दै गएको छ । विभिन्न क्षेत्रमा अन्य पार्टी परित्याग गरी राजमोमा संगठित हुन चाहनेको संख्या उल्लेख्य छ । नवप्रवेशीहरुलाई समेत समेट्दै संगठन निर्माण गरिएको राजमो दाङले जनाएको छ ।