• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

राहत वितरण गर्न राष्ट्रिय जनमोर्चाको टोली ढोरपाटन पुग्दै

"बाढीपहिरो र डुबानको क्षति कम गर्न एकीकृत ग्रामीण बस्ती निर्माणमा जोड "

  •   शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले बागलुङ ढोरपाटनका बाढीपहिरोपीडितलाई राहत वितरण गर्न भोलि जिल्लास्तरीय टोली पठाउने भएको छ । तत्कालका लागि २ लाख रुपियाँसहितको राहत लिएर राजमो बागलुङका अध्यक्ष अमर थापासहितको सो टोली घटनास्थल ढोरपाटन जाने भएको हो ।

    Advertisement

    राजमो अध्यक्ष चित्रबहादुर केसीले २०७७ भदौ १९ गते जारी गर्नुभएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ । वक्तव्यमा बाढीपहिरो, डुबानजस्ता प्रकोपबाट जनधनको सुरक्षा गर्न आफ्नो सङ्गठनले एकीकृत ग्रामीण बस्ती निर्माणको योजना प्रस्तुत गरेको स्मरण गराइएको छ । कोरोना महामारीका कारण विश्वभरिको जनजीवन अस्तव्यस्त भएको बेलामा थपिएको बाढीपहिरोजन्य विपत्तिको सन्दर्भमा पार्टीले सबैसित सहयोग गर्न आग्रह पनि गरेको छ ।

    वक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “१. यही भाद्र १७ गते राती बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वार्ड नं. ७, ८ र ९ मा बाढीपहिरोले ठुलो जनधनको क्षति भएको छ । केही समयअघि सिन्धुपाल्चोक र कालिकोटमा पनि बाढीपहिरोले ठुलो जनधनको क्षति भएको थियो । हुम्लामा ठुलो आगजनी भयो । उक्त घटनामा परी मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ । मृतकका परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    २. हिजो बागलुङको उक्त घटनाको निरीक्षण गर्न राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा त्यस क्षेत्रबाट निर्वाचित प्रदेश सांसद का. खिमविक्रम शाहीको नेतृत्वमा एउटा टोली घटनास्थलमा गएको थियो । उक्त टोलीमा जिल्ला सल्लाहकार का. गौरीश्वर पाण्डे, जिल्ला सदस्य तथा ढोरपाटन नगरपालिका वार्ड नं. ७ का वडाध्यक्ष का. दिपक थापा, जिल्ला सदस्यहरू का. धनबहादुर अदै र पनबहादुर विकसमेत हुनुहुन्थ्यो । उक्त टोलीको प्रारम्भिक रिपोर्टअनुसार १४ जनाको मृत्यु भएको छ; २६ जना अझै बेपत्ता अवस्थामा छन्; वडा नं. ७, ८ र ९ नम्बरमा गरी ७५ वटा घर बाढीपहिरोले लगेको छ वा क्षति भएको छ; १ प्राथमिक तहको स्कुल, १ आधारभूत तहको स्कुल, १ स्वास्थ्य चौकी, ६ ढलाने पुल, ३ झोलुङ्गे पुल, ६ विद्युत पावर हाउस र ६ सिँचाइकुलोहको क्षति भएको छ । घरमा भएका खाद्य तथा कपडालगायतका वस्तुह पनि परेका छन् । बाटो, खानेपानी, विद्युत सेवा अवरुद्ध भएका छन् ।

    ३. उक्त घटनामा तत्काल राहतका लागि राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयले २ लाख रुपैयाँ पठाएको छ । भोलि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष का. अमर थापासहितको टोली उद्धार तथा राहतका लागि घटनास्थलतर्फ जाँदै छ । सरकारहरूले पनि बेपत्ता भएकाको खाजबिन, घाइतेको उपचार, खाद्यान्न तथा अन्य आवश्यक राहतको व्यवस्था गर्न अनुरोध गर्दछौँ । स्कुल, स्वास्थ्य चौकी, पुल, कुलो, विद्युत, खानेपानीको पुनर्निर्माण गर्न र तत्कालका अत्यावश्यक सेवाहरूको आपूर्ति मिलाउन अनुरोध गर्दछौँ ।

    ४. हामीले पहाड र तराईमा समेत बाढीपहिरो तथा डुबानको जोखिममा रहेका तथा छरिएका घरबस्तीलाई सुरक्षित ठाउँमा सार्न एकीकृत ग्रामीण बस्तीको विकास गर्न जोड दिँदै आएका छौं । अहिले बागलुङमा यो घटनामा यति ठुलो सङ्ख्यामा घरबस्ती ध्वस्त भएका छन् । घरबास गुमाउनेहरु गरिब छन् । त्यही ठाउँमा फेरि घर बनाउन सम्भव हुँदैन । त्यसकारण त्यहाँ पुनर्वासको व्यवस्था गर्न हामीले जोड दिन्छौँ ।

    ५. विश्वव्यापी कोरोना प्रकोपका कारणले जहाँसुकै मानिसको जीवन प्रभावित भएको छ । आयआर्जन गर्ने क्षेत्र वा नोकरी गुमेको स्थिति छ । हाम्रो पार्टीको प्राकृतिक प्रकोप राहत कोषको रकम पनि सकिएको छ । त्यसकारण जहाँबाट जे जति सम्भव छ, देश तथा विदेशका विभिन्न समिति, सदस्य, शुभचिन्तक तथा अन्य सहयोगीहरूसित राहतक लागि सहयोग गर्न अनुरोध गर्दछौँ ।”

    शुक्रबार, भदौ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.