काठमाडौं । धादिङका एक युवकले छिमेकीको हत्या गरी टाउको झोलारमा राखेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
Advertisement
प्रहरीका अनुसार निलकण्ठ नगरपालिका–१३ खलचेतका २६ वर्षीय राजु परियारले ६५ वर्षीय सोम बहादुर गुरूङको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार हत्या बिहीबार राति करिब साढे १० बजे भएको थियो ।
हत्या गरेपछि राति १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा लिएर परियार प्रहरी कार्यालय पुगेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ती पुरूषले ठुलो विवाद नभइ आवेगका आएर हत्या गरेका हुन् ।