काठमाडौं । गण्डकी प्रदेश सांसद पियारी थापाले नेपालले खराब लोकतान्त्रिक अभ्यास गरिरहेको बताउनुभएको छ ।
Advertisement
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद थापाले किसान, मजदुरहरु भोकले छट्पटाइरहँदा अभिभावक बनेको सरकार कमाउ धन्दा र आफन्तको व्यवस्थापनमै मस्त बनेको आरोप लगाउनु भएको छ । सम्वृद्धिको नारा लगाउने सरकारले जनताको चिच्याहट नसुनेको थापाले बताउनुभएको छ ।
गरिखाने वर्गका जनता कोरोनाको कहर र लकडाउनका कारण भोक र उपचार नपाएर मरिरहेका, मल नपाएर देशैभरका किसानहरु छटपटाइरहँदा सत्तामा बस्नेहरु भने चुनाव हारेकालाई संसद र सरकारमा लैजान व्यस्त देखिएका छन् भने भ्रष्टाचारले सीमा नाघेको समाचारहरु आइरहेका छन् ।
यही परिस्थितिलाई मूल्यांकन गर्दै थापाले लेख्नुभएको छ, ‘त्यसै भनेका रैनछन् बाउबराजुले! जुनै जोगि आयपनि कानै चिरेको भनेर।’