काठमाडौं । सोलुखुम्बुमा आफ्नै दाइ बहिनी बिवाह गर्न लागेपछि उनीहरुका परिवार र गाउँले हैरान भएका छन् । जिल्लाको महाकुलुङ गाउँपालिकाका २३ वर्षीय दाजु र १९ वर्षीय बहिनी बिवाह गर्न तयार भएका हुन् ।
दाजु बहिनीको अनैतिक सम्बन्ध थाह पाएपछि उनीहरुकी आमाले प्रहरीलाई खबर गरेकी छन् । बुधबार दाजु र बहिनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै छोराछोरीले बिवाह गर्न लागेको भन्दै आमाले प्रहरीलाई खबर गरेकी सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको बताएका छन् । उनीहरुले बिवाह गर्ने र आवश्यक परे गाउँ नै छाड्ने सहमतिमै यौन सम्पर्क गरेको बताएका छन् ।
अहिले दुवै जनालाई हाडनाता करणीमा मुद्दा चलाउने तयारी गरिएको प्रहरीले जनाएको छ । उनीहरुको अनैतिक गतिविधिबारे यसअघि गाउँमा समेत छलफल भएको थियो । तर, उनीहरुले बिवाह गरेर गाउँ नै छोड्ने तयारी गरेको बताइएको छ ।

