काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर थप ११ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज सङ्क्रमित हुनेमा ३२० महिला र ८०० जना पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा काठमाडौँका ३५० सहित उपत्यकामा ३८८ सङ्क्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना सङ्क्रमण पुगिट भएको हो।
प्रवक्ता गौतमका अनुसार नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १०८ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ११२ जना कोरोना सङ्क्रमित निको भइका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २३ हजार २९० पुगेको छ ।