काठमाडौं । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रति लिटर दुई रुपैयाँ बढाएको हो ।
Advertisement
यो सँगै पेट्रोलको नयाँ मूल्य १०७ रुपैयाँ पुगेको छ। पेट्रोलको मूल्य बढेपनि डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने बढाइएको छैन ।