खुमिराम भण्डारी
उठ्नुपर्याे जुट्नुपर्यो पूर्व मेची पश्चिम महाकाली ।
उत्तर हिमाल बगी तराई झर सिमानामा हाम फाली ।।
जनताको जनसत्ता समानता समाजवादको कल्पना ।
पूरा गर्नुपर्छ है सहोदर पुर्खाको काल्पनिक सपना ।।
किसान र मजदुर साथी सर्वहारा जनता र नेता ।
एकताको आधार बनाऊँ समयले माग्यो आवश्यकता ।।
ती सयौँ निमुखा गरिबदुखी पीडित उठ अब जाग ।
अवसरवाद नवसामन्तवाद जलाउन बाल्नुपर्छ आग ।।
दलाली र भ्रष्टाचारी नेतादेखि कर्मचारी यो सरकार पनि ।
भाषण र व्यवहार फरक घिनलाग्छ कम्निस्ट होला भनी ।।
अर्थतन्त्र ध्वस्त पारे बेचिखाए लुटिखाए अझै निखार्दैै ।
देश पनि बेचिखान्छन् नजागे जनता राष्ट्र निम्ति अझै ।।
न त कानुन कडा छ यहाँ न त छ सरकार नै दमदार ।
भोकमरी र गरिबीले मच्चाउने भो अब यहाँ हाहाकार ।।
प्रकृतिको धनी राष्ट्र राष्ट्र हाक्ने प्रमुख हुनाले भिकारी ।
साम्राज्यवादी शक्तिहरू खेल्न थाले हेर्दाहेर्दै सिकारी ।।
सर्वहारा मजदुर र किसान साथी एकताको आह्वान ।
गुम्दै छ जोगाऊँ अब राष्ट्र र पुर्खाको हामीले पहिचान ।
हसियाँ र कोदाली हथौँडा र भाला धारिलो खुकुरी ।
उठाउनु छ अब हाम्ले देखाउनैपर्छ युद्धको आँधिबेहरी ।।
नपालआमा रुँदैछिन् दिनकादिन वरवर आँसुझार ।
पाउदेखि कमर छुँदै कुल्चदै छ सत्रुले छापी वरिपरि ।।
आमा रुँदा आँसु पुछ्ने कता छौँ ए वीर योद्धा छोरा ।
यही दिन देख्नलाई जन्माएकी हैन मैले वर्गदुश्मन घेर ।।