महेश रिजाल
दाङ । राष्ट्रिय जनमोर्चाको राजपुर गाउँपालिका वडा नं. ७ मा दिलबहादुर घर्ती मगरको अध्यक्षतामा ११ सदस्सीय वडा समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा लोकबहादुर भण्डारी, सचिवमा रणबहादुर बुढा, सहसचिवमा बाबुराम चौधरी र कोषाध्यक्षमा मनोज बुढा रहनुभएको छ भने सदस्यमा सुकलाल बुढा, बालककुमार पुन, प्रमिला बुढा, भिमसरा बुढा, अशोक बुढा र दिपक बुढा रहनुभएको छ । त्यसै गरी समितिको सल्लाहकारमा रामबहादुर बुढा, धनसिंह वली र भिमबहादुर बादी रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ ।
भाद्र ११ गते वडा नं. ७ को विकट सुनपत्री खोलागाउँमा दिलबहादुर घर्तीको अध्यक्षता र अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेलको प्रमुख आतिथ्यता र राजमो दाङका उपाध्यक्ष महेश रिजालको विशिष्ट आतिथ्यतामा उक्त भेला सम्पन्न भएको थियो ।
भेलालाई प्रमुख अतिथि पोख्रेल, विशिष्ट अतिथि रिजाल, राजमो दाङका सदस्य कपिलदेव खनाल, राजमो राजपुर एरिया समितिका सदस्य तेजबहादुर बाठा मगर, लुद्रबहादुर बुढा मगर, जुमानसिंह घर्ती मगर, टेकबहादुर बुढा मगर, बाबुराम कुँवर मगर, दलबहादुर कुँवर मगरलगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
सहिदप्रति एक मिनेट मौनधारण गरी सुरु गरिएको उक्त कार्यक्रमको सञ्चालन रणबहादुर बुढा मगरले गर्नुभएको थियो ।