काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा काठमाडौं, भक्तपुर र ललितपुरमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिइएको हो ।
Advertisement
मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौंमा १९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जना रहेका छन् ।