• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

निषेधाज्ञाको बाह्रौँ दिन : १२ हजार सवारी साधन कारबाहीमा


  •   सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ उपत्यकामा जारी रहेको निषेधाज्ञाको आज १२ दिन पुगेको छ । उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

    Advertisement

    पछिल्लो १२ दिनमा निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन । भदौ ३ गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारबाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ ।

    अत्यावश्यक सेवा क्षेत्रबाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरूलाई होल्डमा राखेर कारबाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताउनुभयो । सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरूको सङ्ख्या कम रहेको उहाँले बताउनुभयो । सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उहाँले बताउनुभयो । जोखिम बढेसँगै नागरिकहरूमा सचेतना बढेको छ भने ट्राफिक प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ ।

    प्रशासनले स्वास्थ्य, सुरक्षा, सञ्चार माध्यम, खाद्यान्न, तरकारी, फलफूल खानेपानी, दुध, इन्धन, ग्याँसलगायतका सवारीलाई निर्वाध रूपमा सञ्चालन हुन दिएको छ । सुरुमा एक साताका लागि निषेधाज्ञा जारी भए पनि सङ्क्रमण बढ्ने क्रम नरोकिएपछि थप एक साता निषेधाज्ञा थप भएको छ ।

    उपत्यकाका मुख्य सडकहरूमा सवारी साधनको आवागमन न्यून देखिएको छ । सडकमा अत्यावश्यक सेवाका सवारी साधनहरू मात्रै चलेको देखिन्छ । प्रहरीले मूल सडकका मुख्य मुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाइ पारेको छ । अत्यावश्यकबाहेकका सवारी साधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ । उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाइ गरेको छ ।

    उपत्यकाका भित्री सडक पनि सुनसान देखिन्छन् । बिहानको समयमा अत्यावश्यक वस्तु, तरकारी खाद्यान्नलगायतका पसलहरू खुलेका छन् । मानिसहरू अफ्नो घरनजिकको पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ । तर दिउसो र साँझको समयमा भने कुनै पनि पसलहरू खलेको देखिँदैन ।

    उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरातसम्मका लागि कायम गरेका छन् ।

    सोमबार, भदौ १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.