काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै जाँदा अग्रपंक्तिमा रहेर सेवा गर्ने प्रहरी कर्मचारी अत्यधिक प्रभावित हुन थालेका छन् । हालसम्म प्रहरीमा दुई डीआईजीसहित १६ सय २९ जना संक्रमित भएको प्रहरीले जनाएको छ ।
Advertisement
प्रहरी प्रधान कार्यालयमा कार्यरत ९७ र काठमाडौं उपत्यकाका ३२२ जना सक्रिय संक्रमित छन् । देशभर ८ सय ९३ जना सक्रिय संक्रमित छन् । ६९३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा २०८, प्रदेश २ मा १२०, वाग्मती प्रदेशमा ४३, गण्डकीमा ६०, प्रदेश ५ मा ५३, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा १८ जना सक्रिय संक्रमित रहेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताउनुभएको छ ।

