• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

युगदर्शन कहिल्यै थाक्ने छैन

युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सीमामा पैसा खुवाएर वा लुकिचोरी भारतीयको प्रवेशले संक्रमणको जोखिम बढायोः राजमो


  •   आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाल–भारत सिमानामा कडाई गर्न नसक्दा कोरोना भाइरसको संक्रमणको जोखिम बढेको जनाएको छ ।

    Advertisement

    आइतबार विज्ञप्ति प्रकाशित गरी राजमो उपाध्यक्ष एवं सासंद दुर्गा पौडेलले नेपाल भारत सीमामा पैसा खुवाएर वा लुकीचोरी गरेर अवैधानिक तरिकाले पनि भारतीय नागरिकहरु नेपालमा प्रवेश गरिरहेका र निर्वाध रुपमा विगतकै व्यवसायमा संलग्न हुँदा नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको बताउनुभएको छ ।

    विज्ञप्तिमा कोरोना संक्रमण बढ्दै गएपनि सरकारको तयारी अत्यन्त अपर्याप्त रहेको जनाइएको छ । यस्तै, कतिपय माफिया वा कालाबजारियाहरुले कोरोना भाइरसले पैदा गरेको स्थितिबाट नाफा कमाउनको लागि प्रयत्न गरिरहेका तर सरकार उनीहरुमाथि नियन्त्रण गर्न असफल भएको राजमोको आरेप छ ।

    यस्तो छ वक्तव्यः
    १. नेपालमा कोरोना भाइरसले अझै ठूलो महामारीको रुप लिने सम्भावना बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले धेरै पहिले नै नेपालमा कोरोना भाइरसको जोखिम बढ्ने चेतावनी दिएको थियो । तर त्यसमाथि नियन्त्रणका लागि सरकारले समयमा नै आवश्यक पूर्वतयारी गर्नेतर्फ ध्यान दिएन । त्यसको परिणाम अहिले कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन शुरु गरेको छ । समुदायमा रोग बढ्दै गइरहेको खतराका तुलनामा सरकारको तयारी अत्यन्त अप्रयाप्त छ । सङ्क्रमणको फैलावटले अरु गम्भीर महामारीको रुप लिने खतरा बढ्दै गइरहेको छ ।

    २. समुदायस्तरमा सङक्रमण फैलिन शुरु गरे तापनि सरकारले परिक्षणको दायरामा बृद्धि गर्न सकेको छैन । अझ कतिपय जिल्लामा पीसीआर किटको अभावमा क्वारेन्टीन वा आइसोलेसनमा बसेका व्यक्तिहरुको पनि परीक्षण हुन नसकेको चिन्ताजनक अवस्था रहेको छ ।

    ३. सरकारले आइसोलेसनको संख्या बृद्धि गर्दै लगिरहेको छ तर त्यसको अनुपातमा स्वास्थ्य जनशक्तिको बृद्धिमा ध्यान दिएको छैन । विद्यमान अवस्थामा उपलब्ध स्वास्थ्य जनशक्तिको अभाव छ । त्यसको असर आइसोलेसनमा पनि देखापरेको छ । त्यसमा तत्काल ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा गरिने कुनै पनि प्रकारको लापरवाहीले गम्भीर रुप लिने छ । धेरैजसो क्वारेन्टीन र आइसोलेसन नाम मात्रका छन् । त्यहाँ विरामीहरुलाई आवश्यक पर्ने स्वास्थ्य जनशक्ति, स्वास्थ्यसामग्री र अन्य साधनहरुको कमी छ । त्यसले गर्दा कोरोना भाइरसको नियन्त्रण गर्ने भन्दा त्यहाँ बसेका व्यक्तिलाई बढी खतरा छ ।

    ४. कोरोना भाइरसको अवस्थामा आवश्यक उपचारको व्यवस्था हुन नसकेर ठूलो संख्यामा सुत्केरी र नवजात शिशुहरुको ज्यान गइरहेको कुराप्रति हाम्रो गम्भीर ध्यान आकर्षित भएको छ । कैयौँ ठाउँमा गाडीको व्यवस्था नभएर सुत्केरीलाई अस्पतालमा पु¥याउन नसकेर वा अस्पतालमा पुगेपछि पनि आवश्यक उपचारको व्यवस्था नभएर ठूलो संख्यामा सुत्केरीहरुको मृत्यु हुने गरेको छ । यो अत्यन्तै भयावह अवस्था हो । त्यसप्रति गम्भीर ध्यान दिन हामीले सरकारसित अनुरोध गर्दछौँ ।

    ५. कोरोना भाइरसका विरुद्ध अग्रमोर्चामा रहेर लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र सरसफाइकर्मीहरुको सुरक्षाका लागि सरकारले प्रर्याप्त ध्यान दिएको पाइन्न । सरकारले गत आर्थिक वर्षमा स्वास्थ्यकर्मी वा सुरक्षाकर्मीहरुलाई शतप्रतिशत जोखिम भत्ता दिन सार्वजनिक घोषणा गरेको थियो । तर नयाँ आर्थिक वर्ष शुरु भइसक्दा पनि कैयौं स्वास्थ्यकर्मीहरुले अझैसम्म जोखिमभत्ता प्राप्त गर्न सकेका छैनन् । जेजति पाएका छन त्यसमा पनि एकरुपता छैन । कतिपय पालिकाहरुले नाम मात्रको जोखिम भत्ता दिएका छन् । सुरक्षाकर्मीहरुले त धेरैजसोले प्राप्त नै गरेका छैनन् ।

    ६. बजेट वक्तव्यमा स्वास्थ्यकर्मीहरुका लागि स्वाथ्य बीमाको व्यवस्था सरकारले गर्ने तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने घोषणा गरिए पनि अहिलेसम्म सरकारले त्यससम्बन्धी कार्यविधि वा निर्देशिका नबनाएका कारण स्वास्थ्यकर्मीहरुका बीच अन्यौल र भयको वातावरण सिर्जना भएको छ । अहिलेसम्म करिब १ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भइसकेका छन् । सुरक्षाकर्मीहरु पनि लगातार ठूलो संख्यामा संक्रमित हुंदै गइरहेका छन् । एकातिर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु त्यसरी ठूलो संख्यामा संक्रमित हुँदै जानु र अर्कातिर उनीहरुको सुरक्षा र जोखिम भत्ताको सवालमा सरकारले आवश्यक ध्यान दिन नसक्नुको परिणाम सम्पूर्ण देश र जनताले भोग्नु पर्नेछ । त्यसका विरुद्धको हाम्रो लडाई कमजोर पर्नेछ । त्यसप्रति हामीले सम्पूर्ण देश र जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ ।

    ७. नेपाल भारत सीमामा पैसा खुवाएर वा लुकीचोरी गरेर अवैधानिक तरिकाले पनि भारतीय नागरिकहरु नेपालमा प्रवेश गरिरहेका छन् । नेपालमा प्रवेश गरेपछि निर्वाध रुपमा उनीहरु विगतमा गरिरहेका विभिन्न व्यवसायहरुमा सक्रिय भैरहेका छन् । त्यसले गर्दा पनि नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ ।

    ८. कतिपय माफिया वा कालाबजारियाहरुले कोरोना भाइरसले पैदा गरेको स्थितिबाट नाफा कमाउनको लागि कैयौँ प्रकारले प्रयत्न गरिरहेका छन् । उनीहरुमाथि नियन्त्रण गर्न सरकार असफल भएको छ । कैयौँ प्रसङ्गहरुमा स्वयम् सरकार पनि कोरोना भाइरसको नियन्त्रणको सन्दर्भमा भ्रष्टाचार वा अनियमितता बढाउने कार्यमा संलग्न भएको देखिन्छ । त्यो अत्यन्त आपत्तिजनक कुरा हो ।

    हामीले कोरोना भाइरसको अवस्थामा नाजायज प्रकारले फाइदा उठाउन खोज्ने माफिया, कालाबजारिया, कमिसनखोर वा स्वयम् सरकारी स्तरमा पनि त्यस प्रकारका कार्यमा संलग्नहरुका विरुद्ध उच्च स्तरीय छानविन र कडा कारवाही गर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    आइतबार, भदौ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युगदर्शन कहिल्यै थाक्ने छैन
    युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस
    युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता
    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      युगदर्शन कहिल्यै थाक्ने छैन

    • २.
      युगदर्शन गरिबदुखीका पक्षमा दृढतापूर्वक उभिन सकिरहोस

    • ३.
      युगदर्शनको सङ्क्षिप्त तर गौरवपूर्ण सफलता

    • ४.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • ५.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ६.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ७.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ८.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.