काठमाडौं । सुनसरीं,कोशी गाउँपालिका–८ भाण्टाबारीबाट अवैध लागूऔषसहित एकजना पक्राउ गरेका छन् । १ सय ट्याबलेट नाइट्रोसन, ५ सय ५२ ट्याबलेट एसपी र एक सय एमएलको ३३ बोतल कोरेक्स सहित सोही ठाउँ बस्ने २२ वर्षीय सुसिल शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र सिमा प्रहरी चौकी भाण्टाबारीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको थियो ।
त्यस्तै,चितवन, राप्ती नगरपालिका–१० चिप्लेटीबाट अवैध लागूऔषध २ केजी ५ सय ग्राम गाँजा सहित सोही नगरपालिका–९ बस्ने ३७ वर्षीय दिपक तितुङलाई पनि शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले ना.४४ प ६९२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तितुङलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी,बाँके, डुडुवा गाउँपालिका–५ कमरासाबाट १० केजी लागूऔषध गाँजाको धुलो सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भे.४ प १२८८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी गाउँपालिका–५ गोरधुई बस्ने २४ वर्षीय राम बहादुर चौधरी र मोटरसाइकल चालक कोहलपुर नगरपालिका–११ बस्ने ४२ वर्षीय बिसराम थारु रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बनकट्टी ‘क’ बाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले कार्यालयले जनाएको छ ।