भोपाल (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिका सदस्य विष्णु अर्यालको निधनप्रति मूलप्रवाहले गहिरो दुःख प्रकट गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक शोक वक्तव्य प्रकाशित गरी युवा कार्यकर्ता गुमाउनु पर्दा मूलप्रवाहलाई गम्भीर क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
३८ वर्षीय अर्यालको शुक्रबार राति मध्यप्रदेशको राजधानी भोपालमा भएको सडक दुर्घटनामा परी ज्यान गएको थियो ।
अध्यक्ष केसीले वक्तव्यमा भन्नुभएको छ, ‘सडक दूर्घटनामा निधन भएको समाचारले हामीलाई स्तब्ध बनाएको छ । वहाँको २८ अगस्त २०२० को दिन राती करिब ११ बजे आफ्नो निवास्थान गौतम नगर तर्फ जाँदै गर्दा जागिरावादको रोडमा दुर्घटनामा परी घटना स्थल मै मृत्यु भएको छ।
अर्याल सन् १९९४ मा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति जालन्धर अन्तर्गत बस्ति बाबाखेल एरियामा एरिया सचिव र सन् १९९७ सम्पन्न जालन्धर नगर सम्मेलनबाट नगर सहसचिव निर्वाचित हुनुभएको थियो ।
नोकरीको सिलसिलामा जालन्धरबाट मध्य प्रदेशको राजधानी भोपालमा पुगी पुनः भोपालमा संगठनमा प्रवेश गर्नुभएको थियो । भोपाल नगर समितिमा सचिवको साथै केही समयसम्म नेपाली समाचार सम्बादाता समेत रहनु भएको थियो । हाल नगर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर सदस्य हुन्थ्यो ।
पिता ताल बहादुर अर्याल र माता हरिकला अर्यालको कोखबाट विस २०३९ सालमा दोश्रो सन्तानको रुपमा जन्मनु भएका विष्णु अर्याल नेपाल छत्रकोट गाउँपालिका ६ दौंघा गुल्मीका हुनहुन्थ्यो । वहाँले ३८ वर्षको अल्पायुमै हामी बीच श्रीमती र एक छोरालाई छाडेर जानुभएको छ ।
दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनप्रति धैर्यधारणको कामना प्रकट गर्दै मृतक विष्णु अर्यालप्रति केन्द्रीय समितिको तर्फदेखि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।’
यो पनिः रहेनन् मूलप्रवाहका युवा नेता विष्णु अर्याल