काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । एक जना असहाय जस्ता देखिने व्यक्तिलाई प्रहरीले पानी छ्याप्नुका साथै दुर्व्यवहार गरेको छ ।
हात भाँचिएर प्लास्टर गरेको देखिने, काँधमा ब्लाङकेट राखेका एक व्यक्तिमाथि एक महिला प्रहरीले गाग्रीको पानी खन्याइदिन्छिन । अर्का एक प्रहरीले ती व्यक्तिलाई त्यहाँबाट जान भन्दै लठ्ठीले घोच्छन् ।
भिडियोमा पटक पटक ती व्यक्तिलाई जान भनिन्छ तर ती व्यक्तिले जादैँन भन्दै अड्डी कस्छन । प्रहरीले उनीमाथि लाठीले हान्दै जान भन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् : असहायमाथि प्रहरीको लाठी
करिब एक मिनेटको उक्त भिडियो सार्वजनिक भएपछि धेरैले प्रहरीले अमानवीय व्यवहार देखाएको भन्दै आलोचना गरिरहेका छन् । जुन भिडियो धेरैले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
उक्त भिडियो भारइल बन्न थालेपछि भिडियोबारे नेपाल प्रहरीले बास्तविकता सार्वजनिक गरेको छ।
सामाजिक सञ्जालमा घटनाबारे जानकारी दिदैँ नेपाल प्रहरीले लेखेको छ, ‘सो घटना २०७७ बैशाख २५ गते काठमाडौंको माछापोखरीमा भएको हो। उक्त स्थानका स्थानीयहरुले ती व्यक्तिले हल्ला गरेर, अपशब्द बोलेर टोलबासीलाई पटक पटक हैरानी दिएको र हटाउन खोज्दा नमानेपछि प्रहरीलाई खबर गरेका आएको थियो। प्रहरीले हटाउँन खोज्दा प्रहरीमाथि पनि अपशब्द बोल्दै अभद्र व्यवहार गरी त्यहाँबाट जान नमानेपछि उक्त व्यक्तिलाई हटाउनेक्रममा त्यस किसिमको अवस्था श्रृजना भएको हो।’
