धनगढी । पानीपुरी उधारो नदिएको निहुँमा एक व्यक्तिलाई चक्कु प्रहार गरी फरार दोषीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–२ का २७ वर्षीय त्रिभुवन चन्द रहेका छन् ।
Advertisement
चन्दले चौमालामा पानी पुरीको व्यवसाय गरी बस्ने २६ वर्षीय बल बहादुर रानालाई चक्कु प्रहार गरेका थिए । पानीपुरी दैनिक उधारो नदिएको बिषयमा वादविवाद हुदाँ त्रिभुवनले बल बहादुरलाई चक्कु प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ।
उनलाई तत्कालै प्रहरीले पक्राउ गरी कैलाली जिल्ला अदालतमा पेश भएकोमा उनी धरौटी तारेखमा छुटेका थिए । पछि २०७५ असोज २१ गते अदालतले निजलाई ४ वर्ष ११ महिना २ दिन कैद फैसला सुनाएको थियो ।
फरार रहेका उनलाई आज प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।