• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजनीतिक पार्टी र विज्ञको सुझाव उपेक्षा गरेकाले कोरोनाको महामारी रूप : ११ दल


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) सहित ११ राजनीतिक दल तथा सङ्घसंस्थाले ११ दलका साथै अन्य पार्टी र स्वास्थ्यसम्बन्धी विज्ञले दिँदै आएका सुझावको उपेक्षा गरेकै कारणले राजधानीसहित देशैभरि कोरोनाले महामारीको रूप लिएको दावी गरेका छन् ।

    Advertisement

    ११ दलको तर्फबाट देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले २०७७ भदौ ११ गते जारी प्रेसविज्ञप्तीमा यस्तो अभिव्यक्ति दिइएको हो । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी–माओवादी) का महासचिव मोहन बैद्य, नेकपा (माले) का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक लोकनारायण सुवेदी, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष गोपाल किराँती, जनसमाजवादी पार्टीका अध्यक्ष सुभाषराज काफ्ले, राष्ट्रिय जनजागरण परिषद्का साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त) का महासचिव केदारचन्द्र शर्मा र राष्ट्रिय जागरण मञ्चका संयोजक गुणराज लोहनी सम्मिलित बैठकपछि सो विज्ञप्ती प्रसारित गरिएको बताइएको छ ।

    प्रेसविज्ञप्तीमा कोरोना नियन्त्रण, श्रमिक र विपन्न तप्काको व्यवस्थापन, मूल्यवृद्धिको नियन्त्रण, रासायनिक मलको तत्काल उपलब्धता, विवादास्पद नियुक्तिको खारेजी, सीमा अतिक्रमण नियन्त्रण, एमसिसीको खारेजी र बाढीपहिरो पीडितको व्यवस्थापनलगायतका विषय समेटिएको छ ।

    प्रेसविज्ञप्तीको पूर्ण पाठ यस्तो छ :
    “राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा सङ्घर्ष गर्दै आएका हामी ११ दलका नेतृत्वले आपसमा छलफल गरी निम्न प्रकारका निर्णय लिएका छौँ । उक्त निर्णयलाई सार्वजनिक गर्नका लागि यो संयुक्त विज्ञप्ती जारी गरेका छौँ ।

    १. कोभिड–१९ को विषयमा
    (१) कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थसम्बन्धी विज्ञले दिएका सुझावलाई सरकारले उपेक्षा गरेकै परिणामस्वरूप आज राजधानीलगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । यस स्थितिमा निम्नानुसारका कामलाई अविलम्ब लागु गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ :

    १) कन्ट्याक्ट टे«सिङ र परीक्षणको कामलाई व्यापकता र तीव्रता दिने

    २) कोरोना भाइरसको उपचार सबैलाई निःशुल्क गराउने

    ३) सङ्क्रमित सबैलाई मापदण्डअनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने

    ४) होम आइसोलेसनमा बस्नेका लागि औषधि, चिकित्सक र नर्सको व्यवस्था गर्ने

    ५) आइसियू तथा भेन्टिलेटरको प्राविधिकसहित पर्याप्त मात्रामा व्यवस्था गर्ने

    ६) विदेशबाट आउने सबैलाई क्वारेन्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउने

    ७) विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गरी सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्ने

    २. श्रमिक र विपन्नको व्यवस्थापनबारे

    कोरोना भाइरस महामारीका रूपमा फैलिएको हुनाले सरकारले धेरैजसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकले काम गर्न नपाएर परिवारको बिचल्ली भएकाले उनीहरूको अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र बिचल्लीमा परेका विद्यार्थीको समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीमाथि कारबाही गरियोस् ।

    ३. खाद्यान्न, तरकारी र दैनिक उपभोग्य वस्तुको असीमित रूपमा मूल्यवृद्धि गरिएको छ । यसमाथि नियन्त्रण कायम गरी सर्वसुलभ गराइयोस् । तरकारी बजारमा स्वास्थ्यसम्बन्धी नियमलाई कडाइपूर्वक पालना गराइयोस् ।

    ४. समयमा वर्षा हुनुको कारण यस वर्ष ९७ प्रतिशत जमिनमा रोपाइँ हुनु खुसीको कुरा हो । तर समयमा रासायनिक मलको अभावका कारण किसानको लगानीसमेत गुम्ने खतरा भएको हुनाले किसानलाई सुपथ र कम मूल्यमा रासायनिक मल स्थानीय रूपमा अविलम्ब उपलब्ध गराइयोस् ।

    ५. सरकारका महत्त्वपूर्ण निकायमा भएका बद्नाम र विवादास्पद बिचौलियाको र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारको नियुक्ति खारेज गरियोस् । अब आइन्दा यस प्रकारका कृयाकलाप नगरियोस् ।

    ६. नेपालको भूभागसहितको नक्सा जारी गर्नु सकारात्मक काम हो । उपर्युक्त भूभागमाथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालाई सिमानामा तैनात गर्ने, भारतसँगको सिमानामा तारबार लगाउनेजस्ता कामलाई अविलम्ब अघि बढाइयोस् ।

    ७. अमेरिकी सरकारको एमसिसीसँग विगतमा गरिएका सम्झौता खारेज गरियोस् ।

    ८. बाढीपहिरोले किसानको जनधनको ठुलो क्षति भएकोमा हामी त्यसप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ र सरकारले पीडित र बिचल्लीमा परेका बाढी पहिरोपीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने व्यवस्था तदारुकताका साथ मिलाओस् भन्ने जोडदार माग गर्दछौँ र जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाइयोस् भन्ने माग गर्दछाँै ।

    ९. कृषिमा मलको अत्यन्त अभाव भएको हुनाले त्यसबाट कृषि उत्पादनमा ठुलो क्षति पुग्ने खतरा देखिएको छ । त्यसकारण मलको शीघ्र पूर्तिको व्यवस्था गर्नका लागि माग गर्दछौँ ।

    हामीले शान्तिपूर्ण रूपमा राखेका मागलाई अविलम्ब पूरा गरियोस् भनी सरकारसमक्ष प्रस्तुत गरेका छौँ । अन्यथा हामी कडा सङ्घर्षमा उत्रन बाध्य हुने कुरा पनि जानकारी गराउन चाहन्छौँ ।”

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.