• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

बिहादी पर्वतमा गरिएको पिसिआर परीक्षण विवादमा


  •   बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
  • पोखरा । पर्वतको बिहादी गाउँपालिकाले बुधबार ११० जनाको स्वाव सङ्कलन गर्याे । गाउँपालिकाको स्वास्थ्य शाखाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सवारी चालक, बैङ्कका कर्मचारी, सुरक्षाकर्मी तथा विभिन्न व्यवसायीको स्वाब लिएर प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा पठायो । हालसम्म यस गाउँपालिकाका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । ती सबै बाहिरबाट आएका हुन् ।

    Advertisement

    उनीहरू निको भइसके पनि गाउँपालिकाले प्रदेशको कोरोना टेस्ट गर्ने निर्देशिकानुसार स्वाब सङ्कलन गरेको थियो । तर त्यो निर्विवाद भने हुन सकेन । कोरोना महामारीको बेलामा वडा वडामा पुगेर कार्यकर्ता भेला गर्ने नेतादेखि अनावश्यक व्यक्तिको स्वाब लिएको भनेर विरोध भयो । स्वाब लिएकै दिन बुधबार गाउँपालिकाका एक युवा विष्णु भुसाल (वेद) ले सामाजिक सञ्जाल फेसबुकमा लेखे– “जो बोल्छ, जसको बोली काट्न गाह्रो छ, नेता हुँ भन्छ, त्यसको मात्र पिसिआर गर्ने हो ? गाउँमा गर्नुपर्दैन ? र्यान्डमली गर्नुपर्दैन गाउँमा ? छोटे राजा हो, कति मनपरि गर्छौं, सरकारी सम्पत्तिमा ? अब पालो तिमीहरूको हो अख्तियार धाउनी । कोरोनाबाट कसरी बचौँला यदि गाउँमै सङ्क्रमित छ भने ।”

    उनले सामाजिक सञ्जालमा लेखेको विषयलाई गाउँपालिकाले पनि फेसबुकमै जवाफ फर्कायो– ‘मुख सम्हालेर बोल भाइ’ भन्दै । बिहादी गाउँपालिकाको आधिकारिक फेसबुक पेजमार्फत उनले लेखेको स्टाटसमा प्रतिक्रिया जनाइएको छ– “बोल्दा अलि मुख समालेर बोल भाइ । सबै र्यान्डमली नै भएको छ । घर बस्ने, अनि संसार खोक्ने ।”

    गाउँपालिकाको यो जवाफको अहिले सामाजिक सञ्जालमा चौतर्फी विरोध भइरहेको छ । गाउँपालिकाको आधिकारिक फेसबुकबाट दिइएको जवाफ गैरजिम्मेवार रहेको भन्दै स्थानीय जनता, नेता तथा कार्यकर्ताले पनि विरोध गरेका छन् । यता, गाउँपालिकाका अध्यक्ष कमल भुसालले भने एक कर्मचारीले गाउँपालिकाको फेसबुक चलाइरहँदा आफ्नै व्यक्तिगत एकाउन्ट झैँ मानेर भुलवश प्रतिक्रिया दिएको जनाए ।

    “मैले पनि बेहाल देखेँ । हिजो यहीँका कर्मचारीले गाउँपालिकाको फेसबुक हेर्नुभएको रहेछ । खै कसले के लेखेको रहेछ, आफ्नो एकाउन्ट झैँ मानेर प्रतिक्रिया दिनुभएछ । बाहिरकाले के के भन्छन्, सबैलाई चित्त बुझ्ने कुरा पनि हुँदैन । सबैलाई राम्रो लाग्छ भन्ने पनि हुँदैन । मैले खासै त्यस्तो नराम्रो लेखेको त होइन भन्नुभयो । गाउँपालिकाको फेसबुक पेजबाट त्यस्तो लेख्नुहुँदैन भनेको छु ।”

    गाउँपालिकाले लेखेको उक्त जवाफ अहिले हटाइएको छ । तर सामाजिक सञ्जालभरि भाइरल छ । “गाउँपालिकाको धारणा होइन त्यो । आफ्ना धारणा छुट्टै हुन्छ, सबैलाई जवाफ फर्काएर त के साध्य हुन्छ र ? मैले फाल्न भनेको छु । सिस्टमको कुरा पनि त्यति जान्दिनँ । फालेका होलानु नि” उनले भने ।

    बिहिबार, भदौ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.