काठमाडौं । गाई काटेर खोलामा फालेको आरोपमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १३ चुनिखेलबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा शंखुवासभा भोटखोला गाउँपालिका–३ हटिया घर भइ बूढानीलकण्ठ बस्ने ३२ वर्षीय छेन्डुक भोटे रहेका छन् ।
Advertisement
बुढानिलकण्ठ नगरपालिका–११ र १३ को सिमाना चुनीखेलस्थित च्याने खोलामा छेन्डुकले गाई काटेर खोलामा फाल्ने क्रममा स्थानीयहरुले फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
महानरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।