काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट नवलपुर गैँडाकोट नगरपालिका–१६ का निर्वाचित वडाध्यक्ष गणेश ज्ञवालीको मुटुको अप्रेसन भएको छ । २०७७ भदौ ९ गते भरतपुर चितवनस्थित सिएमसी अस्पतालमा उहाँको अप्रेसन सम्पन्न भएको हो ।
ज्ञवालीकी श्रीमती अनिता ज्ञवालीले दिनुभएको जानकारीअनुसार उहाँको अप्रेसन सफलतापूर्वक सम्पन्न भएको छ । ‘अप्रेसन सफल भयो’ ज्ञवालीले भन्नुभयो– ‘उहाँको अहिले होश आइसकेको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’ सिएमसीका डा. सुदीप रेग्मी र डा. श्याम रेग्मीको नेतृत्वमा डाक्टरहरूको समूहले आजै बिहान ११ बजे उहाँको अप्रेसन गरेको हो ।
ज्ञवालीलाई गत केही दिनयता छाती दुख्ने समस्या थियो । भदौ ८ गते अस्पताल पुगेपछि चिकित्सकहरूले मुटुको भल्भमा समस्या परेकाले तत्कालै अप्रेसन गर्नुपर्ने बताएका थिए । त्यसलगत्तै उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।